नेपाल दशनामी समाज कास्कीको नबौ साधारणसभा तथा पाचौं अधिबेशन पोखरा को साइमन पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न भयाे । अधिवेशनले हिरा कुमारी गिरीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेकाे छ । अध्यक्ष गिरीले यस भन्दा पहिला विभिन्न राजनैतिक र सामाजिक जिम्मेवारी सफल रुपमा सम्पन्न गर्दै आउनु भएकाे छ ।
सहभागी प्रतिनिधिहरुले अब समाजले महिला नेतृत्वमा अरु जिल्ला भन्दा कास्की उत्कृष्ट जिल्ला हुने समेत आशा राखेकाे वताएका छन् । समाजकाे देश भरि नै संजाल रहेकाे र कास्कीले मात्र महिला नेतृत्व पाएकाे छ । हाल सम्म कास्की वाहेक अरु जिल्लामा महिलाले नेतृत्व गरेका छैनन् । कास्कीमा पनि यश भन्दा पहिला महिला अध्यक्ष नरहेकाे आयाेजक बताउ छन् ।
निवार्चित भए पछि अध्यक्ष गिरी भन्नू हुन्छ । अब समाजलाई सबै हिसावले उत्कृष्ट र सबल जिल्लाकाे रुपमा अगाडि वढाउने छु । अग्रजकाे असल अभिभावकत्व, सल्लाह, सुझाव र सहकर्मी साथिहरुकाे साथ लिएर अगाडि बढ्ने छु । साथै अध्यक्षकाे जिम्मेवारी प्रदान गर्नु हुने निवर्तमान अध्यक्ष, सल्लाहकार र सम्पूर्ण समाजका प्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छु ।
अधिवेसन अध्यक्ष जगतमाेहन गिरीकाे अध्यक्षतामा सम्पन्न भयाे । कार्यक्रम सचिव मिरा गिरी र कार्यक्रमकाे प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरी हुनुहुन्थ्याे भने स्वागत स्वयं हिरा गिरीले गर्नु भएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-