उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश अन्र्तगतका वन निर्देनालय, ताल विकास प्राधिकरण, ११ वटा डिभिजन वन कार्यालयहरु, २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु वन अनुसन्धान एंव तालिम केन्द्र र पन्चासे वन संरक्षण कार्यक्रमहरुको दोस्रो चौमासिक समिक्षा गोष्ठीको शुभारम्भ भएको छ ।कास्कीको लुम्ले कृषि अनुसन्धान तथा तालिम केन्द्रमा सो कार्यक्रमको शुरुवात भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ्गले उद्घाटन गरेको सो कार्यक्रम वन निर्देशनालयको आयोजनमा तीन दिनसम्म संचालन हुने भएको छ । वन निर्देशक केदार पौडेलको अध्यक्षतामा संचालित उद्घाटन सत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री विकास लम्साल, सोही मन्त्रालयका सचिव डा.महेश्वर ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णु बराल, ताल प्राधिकरणका प्रमुख डा.अनुप गुरुङ्ग, वन जलाधार व्यवस्थापन कार्यालयका प्रमुखहरुको लगायतको उपस्थिति रहेको थियो ।
सो गोष्ठीले दोस्रो चौमासिक अवधिमा संचालन भएका कार्यक्रत्रमहरुको समिक्षा, देखिएका समस्या समाधानका उपायहरुको साथै आगामी आर्थिक वर्षको योजना तर्जुमा गरिने उक्त कार्यक्रममा सहभागी मध्यका डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले बताए
प्रतिक्रिया लेख्नुहोस्:-