पोखरा महानगरपालिकाले आउँदो नयाँ वर्ष २०७८ को शुभअवसरमा “मेयर साइकल दौड प्रतियोगिता” आयोजना गर्ने भएको छ । “वातावरण जोगाऔं, स्वस्थ रहौं” भन्ने नाराका साथ बैशाख १ गते साइकल दौड प्रतियोगिता गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
महानगरले कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटि पोखरा र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा देशभरका स्थानीय तहका प्रमुखहरुलाई सहभागिताका लागि पत्राचार समेत गरेको महानगरले जनाएको छ । ५ किलोमिटर दुरीको साइकल दौड प्रतियोगिता महानगरपालिका कार्यालयबाट सुरु भई लेकसाइडको हल्लनचोकमा पुगी समापन हुने भएको छ । पोखरालाई अन्र्तराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने तथा स्मार्टसिटी पूर्वाधार निर्माण गर्दै लैजाने महानगरपालिकाको दिर्घकालीन योजनालाई पनि यस प्रतियोगिताले केही न केही योगदान पु्याउने महानगरले विश्वास लिएको छ ।
वल्र्ड एयर पोलुसन रियल टाइम एयर क्वालिटि इन्डेक्सका अनुसार पोखरा १८३ औं अंकमा रही अस्वस्थ सहरका रुपमा दर्ज भएको कारणले पनि वातावरण जोगाउन हामी सबै उत्तरदायी हुनुपर्ने मेयर मान बहादुर जि.सी.ले बताएका छन् । उनले साइकलको प्रवद्र्धनबाट एकातिर वातावरण संरक्षणमा योगदान पुग्ने र अर्कोतिर पर्यटन प्रवद्र्धन पनि हुने बताएका छन् ।
सो कार्यक्रममा मेयर जि.सी.ले महानगरपालिकाले तालदेखि तालसम्म ८४ किलोमिटर साइकल ट्र्याकको आवश्यक पूर्वाधार निर्माण गर्न लागेको र यस योजना अन्र्तगत कतिपय ठाउँमा काम भइसकेको जानकारी पनि दिएका छन् । त्यस्तै महानगरले सोही प्रतियोगितको दिन राष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्ने पनि जनाएको छ । स्थानीय निर्वाचन पश्चात स्थानीय सरकारका प्रमुखहरु एकै ठाउँमा जम्मा भएर सरकार संचालनका प्रक्रियामा सिकेका सिकाइ र अनुभव एक आपसमा साटासाट गरेर स्थानीय सरकार संचालन ऐनले पारेका सकारात्मक एंव नकारात्मक प्रभावहरुको बारेमा छलफल गरी संविधान अनुरुप हक अधिकारहरु स्थापित गर्ने आवश्यक कानुनी संरचनाहरुको समेत पहिचान गर्ने उद्देश्यले पनि बैशाख १ गते सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।
सो कार्यक्रममा स्थानीय तहहरुमा वातावरण मैत्री विकासलाई प्रवद्र्धन गर्न छोटो दुरीको सवारी साधानको रुपमा साइकललाई प्रवद्र्धन गर्न सम्मेलनमा छलफल समेत हुने भएको छ । यस्तै उक्त दिन कार्यक्रममा “समृद्ध नेपाल र सुखी नेपाली” को सपना साकार पार्न आगामी दिनमा के कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित हुने महानगरले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-