पोखरा १६ डाडाँथाेक टाेल बिकाश संस्थाले नयाँ बर्ष २०७८ सालकाे शुभ अबसरमा आयाेजित शुभकामना अादान प्रदान र चियापान कार्यक्रमका साथै ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान पत्रका साथ सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।
हाेम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि गण्डकी प्रदेश सभाका सदस्य माननीय श्री कुमार खड्का र अतिथि श्री महिला जागरण संस्था डाडाँथाेकका अध्यक्ष श्री बिन्दु थापा साथै चण्डीका ग्रैह्रबारि टाेल बिकाश संस्थाका अध्यक्ष श्री ईन्द्र प्रसाद सुबेदी रहेका थिए । सोही कार्यक्रममा स्वागत मन्तब्य डाडाँथाेक टाेल बिकाश संस्थाका उपाध्यक्ष सृजना थापाले दिएकी थिन् ।
कार्यक्रममा खड्काले जेष्ठ नागरिकहरु भनेका बिश्वबिधालयको धरोहर हुन् । अहिले किताबमा समाबेश नगरीएका इतिहासहरू हामीले जेष्ठ नागरिकहरु बाट थाहा पाउन सक्छौ र हामी सबैले आ – आफ्नो ठाउँमा रहेका जेष्ठ नागरिकहरूलाई सदैब सम्मान गर्नु पर्नेमा प्रकाश पारेका थिए । कार्यक्रममा यस डाडाँथाेक टाेल भित्र रहेका ८ जना महिला र ५ जना पुरुष गरी १३ जना ८० बर्ष माथीका जेष्ठ नागरिकहरुलाई दाेसल्ला अाेढाई सम्मान पत्रका साथ सम्मान गरियकाे थियाे ।
सम्मान पाउने जेष्ठ नागरिकहरुमा देउकुली पुन मगर – बर्ष १०२,हिक्मत बहादुर थापा – बर्ष ९३, चित्र कुमारी थापा – बर्ष ९२, दिल बहादुर थापा – बर्ष ९१,अम्बिका खड्का – बर्ष ९०, ले. बुद्दी बहादुर गुरुङ्ग – बर्ष ८८, ईन्द्र बहादुर थापा – बर्ष ८७,बाटुली कुवँर – बर्ष ८३,गाैरी कुवँर – बर्ष ८३, हर्कुदेबी थापा – बर्ष ८३, नानिमाया थापा – बर्ष ८३, लिला बहादुर क्षत्री – बर्ष ८२, कुश्मा थापा – बर्ष ८१ का रहेको यस संस्थाका सचिव संन्दीप थापाले प्रमुख खवर डट कमलाई जानकारी दिए भने कार्यक्रम संचालन सचिब सन्दीप थापाले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-