पोेखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाका बिरामीहरुको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ । सरकारसंग भएको सम्झौता लगतै पोखराको जिएमसी अस्पताल र मणिपाल शिक्षण अस्पताले अब कोरोना संक्रमित व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएको हो ।
सरकारले कोभिड–१९ केयर युनिट संचालनको लागि पोखराको जिएमसी र मणिपालसंगै देशभरका विभिन्न अस्पतालहरु मध्ये नेशनल मेडिकल कलेज विरगंञ्ज, जानकी मेडिकल कलेज जनकपुर, सिभिल सर्भिस अस्पताल, चितवन मेडिकल कलेज भरतपुर, बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलगायत गरी ३० भन्दा बढी अस्पतालहरुसंग सम्झौता गरेका छन् ।
यस सम्झौता भन्दा अगाडी यी अस्पतालहरुमा कोरोनाका बिरामीहरुको सःशुल्क उपचार हुँदै आएको थियो भने अब निःशुल्क उपचार हुने भएको छ । त्यस्तै यस सम्झौता अनुसार उपचारमा लागेको खर्च अब सरकारले बेहोर्ने भएको छ । यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सय देखि १५ हजारसम्म उपचार खर्च अस्पतालाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-