नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर दुई रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल र मटितेलको मूल्य अब प्रतिलिटर दुई रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-