साहित्य स्थलको भुमी पोखराको बाटुलेचौर बीभिन्न साहित्यिक ब्यक्तिको जन्म भएको ठाउँ रहेको हुदा यहाँ धेरै साहित्य सृजना हुने गर्दछ । यसै क्रममा आज शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य नेत्र बहादुर बानियाँको कृति त्रिवेणी संग्रह प्रकाशित भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गन्डकी प्रदेश प्रज्ञाप्रतिष्ठानका उप कुलपती सूर्य खड्का ” बिखर्ची” रहेका थिए । उनले साहित्यको लोप उन्मुख हुन लागेको यो अबस्थामा शुक्ला साहित्य प्रतिष्ठानले साहित्यको उजागर गर्नमा महत्त्वपूर्ण भुमीका खेलेकोमा खुसी ब्यक्त गरेका थिए । स्रष्टा परिचय शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य कुन्जराज थापा र राम बानियाँले राखेका थिए । त्यस्तै शुभकामना मन्तब्य शुक्ला साहित्य प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरी बरूवालले राखेका थिए । कार्यक्रममा विभिन्न संस्थाका ब्यक्तीहरूको उपस्थित रहेको थियो ।
त्रिवेणी संग्रहमा कविता, कथा, भजन गरी प्रकाशन गरिएको लेखक नेत्र बहादुर बानियाँले बताए । उनले तीन नदिको संगम स्थललाई त्रिवेणी भनिए पनि आफूले तिन विधालाई समेटेर संग्रहको नाम त्रिवेणी राखिएकोमा प्रकाश पारे । कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका सचिब गीता भन्डारीले गरेकी थिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-