पोखरा स्थित लायन्स क्लव अफ पोखरा अन्नपूर्णले अन्य ५ ओटा लायन्स क्लवसँग हातेमालोे गर्दै १० औं जिल्ला अधिवेशन गर्ने भएको छ ।
पोखराका अन्य ५ ओटा लायन्स क्लवहरु पोखरा गण्डकी, पोखरा सेती गण्डकी, पोखरा हेम्जा, पोखरा युनाइटेड चौतारी र पोखरा लेखनाथले अन्य क्लवहरुसँग हातेमालो गर्दै यहि माघ २९ गते पोखराको नयांबजार स्थित प्रदर्शनी केन्द्रमा १० औं अधिवेशन गर्न लागेको लायन्स क्लवले विहिवार पोखरामा पत्रकार सम्मेलन गर्दैे जानकारी गराएको हो ।
यस अधिवेशन मा डिष्टिक ३२५ बि १ नेपाल अन्तर्गतका १६,५५५ भन्दा वढि सदस्यहरुलाई एकै थलोमा आमन्त्रण गर्ने र झण्डै ६,००० भन्दा वढि लायन्स सदस्यहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरिने १० औं वार्षिक अधिवेशन मूल आयोजक कमिटि संयोजक लायन डम्बर सिं गुरुङ्ले जानकारी गराएका छन् ।
अधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास लिइएको छ । अधिवेशनलाई लक्षीत गरी पर्यटन व्यवसायीले उत्साहपूर्वक आकर्षक प्याकेजको घोषणा गरेका छन् । जसमा पश्चिमाञचल होटल संघ पोखराले ३० प्रतिशत, नेपाल टुरिजम भेइकल एशोसिएसनले २० प्रतिशत, रेवान पोखरावाट १५ प्रतिशत, होमस्टे र ट्रेकिङमा २० प्रतिशत, अल्ट्रालाइट उडानमा ४० प्रतिशत, नेपाल हवाई खेलकुल संस्था (प्याराग्लाईडिङ) मा ४० प्रतिशत, जिप फ्लाएर, स्वीङ र वञ्जीजम्पमा २० प्रतिशत छुट प्राप्त हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्याकेजसंगै छ हजार जना प्रतिनिधी र उनीहरुसँग अन्य परिवारका सदस्य समेत आएको अवस्थामा त्यसले पोखरामा पर्यटकको संख्या ह्वात्तै वढ्ने र कोरानाले थला परेको पर्यटनलाई केहि राहात पुग्ने संयोजक गुरुङले वताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-