साहित्य स्थल पोखराको बाटुलेचौरमा धेरै साहित्य सृजना हुने गर्दछ यसै क्रममा शुक्ला साहित्य प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका -१९ घार्मीका स्रष्टा मोहनप्रसाद पौडेलको कृति ‘आदर्श जीवन’ को लोकार्पण आज गरिएको छ।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी अन्तराष्ट्रीय साहित्य समाज गण्डकी प्रदेशका प्रमुख दुर्गाबहादुर शाह बाबा रहनु भएको थियो । उँहाले जीवन जिउने कला बाट प्रेरीत भई शुरु गरिएको कृति आमाको सम्झना आफैमा उत्कृष्ट रहेको बताउनु भयो । विशिष्ट अतिथि वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले आमा शीर्षकको रचनालाई सम्मान गर्दै समाज शास्त्र डिग्रीको सर्टिफिकेट नै आमाहरु हुन् भन्नुभयो साथै ‘आदर्श जीवन’ को बारेमा आफूसँग भएको ज्ञान सीप क्षमता सबै किसिमका कामहरुको पुस्ता हस्तान्तरण गर्दै जानू पर्नेमा जोड दिनु भयो ।
स्रष्टा परिचय शुक्ला साहित्य प्रतिष्ठानका उपाध्यक्ष दुर्गा बस्नेतले राख्नु भएको थियो । ‘आदर्श जीवन’ किर्तिको बारेमा व्याख्या विश्लेषण असफल गौतमले गर्नुभएको थियो । उहाँले आदर्श जीवन आफैंमा उच्चस्तरीय शीर्षक रहेको र वास्तविक जिबनलाई कबितामा जस्ताको तस्तै मेल खाने गरी उतारीएकोमा ‘आदर्श जीवन’ का रचनाहरु प्रस्सनिए रहेको बताउनु भयो ।
त्यस्तै शुभकामना मन्तब्य शुक्ला साहित्य प्रतिष्ठानका पूर्वअध्यक्ष एवं सल्लाहकार इन्दु भट्टराईले राख्नु भएको थियो । कार्यक्रममा विभिन्न संस्थाका ब्यक्तीहरूको उपस्थित रहेको थियो । कार्यक्रम संचालन शुक्ला साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष कुलबहादुर खत्रीले गर्नुभएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-