शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पारेका छन् । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको वताउँदै, मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वँुदे सम्झौंता गरेको हुँदा त्यसलाई गहिरोसँग अध्ययन गर्न विज्ञलाई सुझाव समेत दिए । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीको सोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाएर मात्रै, निजी विद्यालयलाई गाँभ्ने गरी राज्यले निती ल्याउन लागेको बताए । उनले ५१ वँुदे शिक्षा सुधारले तीनवटै तहको शिक्षालाई थप गुणस्तरीय वनाउने विश्वास व्यक्त गरे । अर्को वर्षदेखि एस इ इ परीक्षा प्रदेशवाटै संचालन हुने बताउदै, मन्त्री पोैेडेलले कोभिडलाई देखाएर शैक्षिक सत्र परिवर्तन नहुने पनि स्पष्ट पारे ।
गण्डकी प्रदेशका भौतिक, शहरी विकास मन्त्री कुमार खड्काले देशको शिक्षा प्रणाली माथि नै प्रश्न उठाउदै शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखानामा सिमित बनेको बताए । त्यस्तै, संचार, कानुन तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले आई टी पार्क निर्माणको प्रक्रिया शुरु गरेको बताए ।
प्रतिनिधी सभाका सदस्य विद्या भट्टराईले देशको विद्यमान शिक्षा प्रणलीलाई सुधार नगरी देशको समग्र विकास हुन नसक्ने बताईन् ।
हीरक जयन्ती मुल समारोक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णवहादुर थापा, पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी, शिक्षा कार्यान्वयन ईकाइ प्रमुख नारायण सुवेदी, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालयका पुर्व अध्यक्ष दान व. वानिया, महेन्द्र मा.वि भलामका प्रधानाध्यापक वोधराज पौडेल, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ वञ्जारा, विद्यार्थी आशिका शेर्पा, अक्षयकोष दाता दुर्गा केसी थापा, लगायतले विन्ध्यवासिनी मा.वि यस क्षेत्रकै नमुना विद्यालय भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलसँग विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागी आवस्यक सहयोग गर्न अध्यक्ष थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आग्रह गरे । त्यस अवसरमा विद्यालयले हीरक जयन्तीको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगिताको विजेता रेड हाउसलाई मन्त्री पौडेलले शिल्ड हस्तान्तरण गरे ।
सोही अवसरमा एसईई २०७७ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई पुरस्कार तथा विभिन्न विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन सहायक प्र.अ राम व. वानियाले गरेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य सहित संस्कृति प्रदायक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यालयले हीरक जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-