Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नगेन आर्ट एकेडेमीद्धारा संचालित नेशनल फाईनआर्ट प्रदर्शनी कार्यक्रम जेष्ठ १५ गतेसम्म

प्रमुख खबर प्रमुख खबर
२०७९, ७ जेष्ठ शनिबार १७:४२
113
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

नगेन आर्ट एकेडेमीको आयोजनामा नेशनल फाईनआर्ट प्रदर्शनी कार्यक्रम शुक्रबारबाट पोखरामा शुरु भएको छ । पोखराको चिप्लेढुङ्गामा अवस्थीत घामपानी मार्केटभित्र रहेको एकेडेमीको आफ्नै हलमा सो फाईनआर्ट प्रदर्शनी कार्यक्रम भईरहेको छ । उक्त फाईनआर्ट प्रदर्शनी कार्यक्रम जेष्ठ १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रदर्शनी कार्यक्रममा सात प्रदेशका १३ जिल्लाका ४९ जना कलाकारहरुले कोरेका उत्कृष्ट ९९ कलाकृतिहरु रहेका छन् । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पोखरा महानगरपालिका वडा नम्बर ४ का नव निर्वाचित वडा अध्यक्ष देवकृष्ण पराजुलीले राजधानी बाहिर केही गर्ने उद्देश्यले खोलिएको नेगन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा कला क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
उहाँले यस क्षेत्रको विकासका निम्ति पोखरा महानगरका सामुदायिक विद्यालयहरुमा कला शिक्षालाई जोड दिने पनि बताउनुभएको छ । सो प्रदर्शनी कार्यक्रममा बाल्दै अध्यक्ष पराजुलीले अभिभावहरुले पनि आफ्ना बच्चाहरुको भावना र इच्छा बुझेर त्यसै अनुरुपको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुहुदै यस कला क्षेत्रको विकासमा आफुले सधै सहकार्य र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
त्यस्तै सो प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना मात्र होइनन् अभिन्न अंगका रुपमा नै घोषणा गर्नुपर्ने माग राख्नुभएको छ । उहाँले प्रत्येक सरकारी विद्यालयमा कला शिक्षा हुनुपर्ने र प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कला विभाग हुनुपर्ने लगायतका मागहरु समेत राख्नुभएको छ ।
प्रदर्शनी कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित वरिष्ठ कलाकार पदम घलले यस एकेडेमीको संचालनले कला क्षेत्रको विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्दै सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गर्नुभएको छ ।
त्यस्तै उक्त प्रर्दशनी कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य माधव पनेरुले पोखरा पर्यटकीय शहर भएकोले कलाको प्रवद्धन र विकास हुनु अति जरुरी रहेको बताउनुभएको छ । उहाँले यसको विकासका लागि संचार क्षेत्रको तर्फबाट सधंै साथ र सहयोग रहने पनि जनाउनुभएको छ । अर्का अतिथि प्रेस सेन्टर पोखरा महानगर कमिटिका अध्यक्ष शिवराज बस्ताकोटिले आफ्नो परिवारमा पनि कलाकारहरु भएकाले कला के हो बुझेको र कलाको विकास हुनु अति आवश्यक रहेको बताउनुभएको छ । उहाँले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले पनि सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै नगेन न्यूज पब्लिकेशन प्रा.लि.का अध्यक्ष ज्योती हमालले राज्यले कला र कलाकारहरुको सम्मान गर्न नसकेका कारण नेपालबाट धेरै कलाकारहरु पलायन हुने अवस्था सृजना भएको जनाउनुभएको छ । उहाँले पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी संचालनमा ल्याएको बताउनुभएको छ ।
उहाँले विकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुन्छ भन्ने सुनेको तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी र यो एक्दमै र्दुभाग्य पूर्ण भएको बताउनुभएको छ । उहाँले वडामा त के कुरा यहाँ त महानगरमा पनि आर्टको, कलाको केही नभएको र चित्रकला, नाटक, गितसंगित लगायतका कलालाई सरकारबाट नै उपेक्षा गर्ने कार्य भएको जनाउँदै यो राष्ट्रको लागि र्दुभाग्यपूर्ण भएको जनाउनुभएको छ ।
उहाँले यसरी कलालाई उपेक्षा गरेर देश समाजको विकास हुन नसक्ने बताउँदै यसका लागि कला सबैले बुझ्नुपर्ने र सरकारले पनि यसको विकासको निम्ति महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
त्यस्तै हमाले यहाँ आर्ट ग्यालरी नभएको कारणले चित्रकला प्रदर्शनीमा नै निकै समस्या भएको बताउँदै अब नगेन आर्ट एकेडेमीले कलाकारले सृजना गरेको कला कहाँ प्रदर्शन गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सृजना गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In