पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । ओलीका प्रेस सहयोगी रामकृष्ण बजगाईका अनुसार आइतबार विशेष गरी दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, बाम आन्दोलनको बारेमा छलफल भएको जनाएका छन् ।
त्यस्तै श्रेष्ठ निकटका एक नेताका अनुसार दुई नेताबीच भएको छलफलमा राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा परेको, देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भएको जानकारी दिएका छन् ।
यस्तै एमसीसीको बारेमा, संसद विघटन, पार्टी विभाजन लगायतकाबारेमा समेत छलफल भएको ती नेताले बताएका छन् ।स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यी दुई नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सृजना गरेको छ । धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा पनि बुझेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-