महिला जागरण संस्था डाडाँथाेक र डाडाँथाेक टाेल बिकास संस्था, डाडाँथाेककाे संयुक्त रुपमा आयाेजित महिलाकाे पाठेघरकाे क्यानसर सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भयकाे छ ।
महिला जागरण संस्था, डाडाँथाेकका अध्यक्ष बिन्दु थापा र डाडाँथाेक टाेल बिकास संस्थाका अध्यक्ष सृजना थापा को अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथी बि पि अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश का अध्यक्ष लक्ष्मी पाण्डे रहनु भएको थियो । उहाँले सामजमा दिदीबहिनीहरूको लागी निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम ल्याएकोमा संस्थालाई धन्वाद दिनुको साथै अन्य संघ संस्थाले पनि यस्ता कार्यक्रमहरू ल्याउनु पर्ने साथै हरेक गतिबिधीलाई मध्यनजर गर्दै दिदिबहिनीहरूको समस्यालाई सबैले समाधान गर्नु पर्ने हामी सबैको दायित्व रहेको बताउनु भयो ।
कार्यक्रममा महिलाकाे पाठेघरकाे समस्या र त्यस सँग सम्बन्धित सचेतना सम्बन्धि जानकारि दिपाली थापाले दिनुभयकाे थियो भने स्वागत मन्तब्य महिला जागरण संस्था डाडाँथाेकका अध्यक्ष बिन्दु थापाले दिनु भयकाे थियो । बिशेष अतिथि पाेखरा महानगरपालिका बडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र
मातृशिशु मितेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापा रहनु भयकाे थियो । बि पि अध्ययन प्रतिष्ठान गण्डकि प्रदेश सँगकाे समन्वयमा अायाेजित कार्यक्रममा १५० जना महिला दिदिबहिनिहरुले पाठेघरकाे क्यान्सर सम्बन्धि चेकजाच गराउनुकाे साथै पाठेघरसँग सम्बन्धित सेवाहरु लिनुभयकाे डाडाँथाेक टाेल बिकास संस्थाका सचिव सन्दीप थापाले जानकारी दिनु भयो ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागका आठ जना डाक्टरहरू डा. प्रेम पगेनी, डा.राजेश अधिकारी, डा.पदमराज ढुड्गान् , डा, शम्भु यादव, डा.सुदिप गुरूङ, डा. कुमार बिष्ट, डा. शुशिला गैरे, डा.आशिष चौधरी तथा मातृशिशु मितेरि अस्पतालबाट चार जना नर्सहरु रुकमणि जैसी, शाेभा महत, सुजिता बाँनिया, अन्जु रेग्मी र सहयाेगि उन्नती राेक्का मगर ज्यू काे संयुक्त टिमले महिलाकाे पाठेघरकाे क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
कार्यक्रममा औषधी उपलब्ध गराईदिनु हुने कृष्ण प्रसाद पाण्डे (सन्चो मेडीको फर्मा जिरो किलोमिटर ), विक्रम पन्त (अन्नपूर्ण मेडिको फर्मा महेन्द्रपुल), उमेश कुमार कटुवाल (एभरेष्ट सर्जिकल महेन्द्रपुल )साथै तिन वटा वेड, पर्दा तथा आवश्यक सामाग्री मातृशिशु मितेरी अस्पतालले उपलब्ध गराएको थियो । कार्यक्रम संचालन डाडाँथाेक टाेल बिकास संस्थाका सचिव सन्दीप थापाले गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-