पोखरा ।
एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । अषाढ ३ देखि ११ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले सोमबार टिम क्यापटेन रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, इश्वरी विष्ट र रेमा रावल भने टिममा पर्न सकेनन् । यू–१९ महिला टिमबाट बायाँ हाते मिडिम पेस बलर मनिषा उपाध्याय भने पहिलो पटक सिनियर टिममा पर्न सफल भएकी छन् ।
सिनियर टिमबाट एक्दमै राम्रो खेलिरहेकी लेग स्पिनर हिरन्मई टिममा नपर्दा उपाध्यायले पहिलो पटक यो सुनौलो मौका पाएकी हुन् । नेपाली महिला क्रिकेटमा उदयीमान हिरन्मई आवश्यक कागजातका अभावका कारण यस खेलका जान नपाउने भएपछि उनको प्रतिस्थापनाको लागि उपाध्यायलाई टिममा राखिएको हो ।
नेपालको १५ सदस्यीय टोलीमा रुविना क्षेत्री, ज्योति पाण्डे, इन्दु बर्मा, कविता कुँवर, सिता राना मगर, अस्मिना कमचार्य, कविता जोशी, मनिषा उपाध्याय, बिन्दु रावल, संगिता राई, डली भट्ट, अप्सरी बेगम, काजल श्रेष्ठ र सवनम राई रहेका छन् ।
यस च्याम्पियनसिपमा नेपाल समुह बी मा रहेको छ । नेपालको समुहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । त्यस्तै समुह ए मा भने मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपालले भुटानसंग जुन १७ मा भुटानसंग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ ।
नेपाली महिला क्रिकेट टिमले आजसम्म कुनै पनि अन्र्तराष्ट्रिय प्रतियोगितामा जित हासिल गर्न सकेको छैन । यस पटक भने खाली हात नफर्कने लक्ष्यसहित तयारी राम्रो गरेको कप्तान रुविना क्षेत्रीले बताएकी छन् । त्यस्तै प्रशिक्षक जगत टमटाले पनि यस पटक उपाधी जित्ने लक्ष्य सहित आफुहरु मलेसिया प्रस्थान गर्न जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-