पोखरा ।
पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक संचालन भएको छ । वर्षासंगै गए रातिदेखि चितवनको इच्छा कामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी रुपमा अबरुद्ध भएको थियो । आज विहान पहिरो पन्छाएर दुईतर्फी रुपमा सवारीसाधनहरु पुन संचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै पृथ्वीराजमार्गको तनहुँ स्थित आँबुखैरेनी खण्ड भासिएको चार दिनपछि दुईतर्फी संचालनमा आएको छ । गएको शुक्रबार सडक भासिँदा एकतर्फी मात्रै सवारी संचालन हुँदै आएको थियो । दुईतर्फी सवारी संचालनको निम्ति भित्ता काट्नुपर्ने भएको थियो । सोही अनुरुप साँढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन संचालन गरिएको प्रहरीले जनाएको छ ।
दुईतर्फी रुपमा यातायातका साधानहरु संचालन भएपनि जोखिम भने कायमै रहेको स्रोतले जनाएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी संचालन गरिएपनि मालवाहकका साधनलाई एकतर्फी मात्रै संचालनको व्यवस्था मिलाइएको छ ।
प्रमुख मिडिया प्रा.लि.
पोखरा २,अर्चलबोट
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected]
प्रतिक्रिया लेख्नुहोस्:-