पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साँढे ८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब रुपैयाँ बढीको बजेट ल्याउन लागेको हो ।
अघिल्लो पटक महानगरले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको भएतापनि यसपटक भने राजश्व र योजनामा केही हेरफरे हुने गरी बजेटको आकार बढाइएको महानगर स्रोतले जनाएको छ ।
महानगरपालिकाका उप–प्रमुख मञ्जु देवी गुरुङ्गले आज साँझ ५ बजे आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । महानगरले अषाढ ८ गते नै नीति तथा कार्यक्रम ल्याएका थिए ।
उक्त नीति तथा कार्यक्रममा प्रत्येक आर्थिक वर्षको पहिलो ६ महिनाभित्र ३ हजारलाई रोजगार, ल्यान्डफिल्ड साइड स्थानन्तरण, बसपार्क निर्माण, बिजुली तार भूमिगत गर्ने लगायत मुख्य योजनाहरुलाई समावेश गरेका छन् । स्रोतका अनुसार महानगरले यसपटक पूर्वाधार र पर्यटनलाई जोड दिएर बजेट ल्याउने जनाइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-