पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटिब्यूरो सदस्यहरुको नाममा विवाद उत्पन्न भएपछि माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटि बैठकमा प्रचण्डले १ सय २५ सदस्यीय पोलिटिब्यूरो बनाउने प्रस्ताव गरेका थिए । तर कुन र के मापदण्डका आधारमा उक्त पोलिटिब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका हुन् । उनीहरुले उक्त नाम नसच्चिएसम्म आफुहरुले विरोध गरिरहने चेतावनी दिएका छन् ।
प्रचण्डले आफुहरुको अवमुल्यन हुने गरी नाम ल्याएको भन्दै विरोध जनाएको बताएका छन् । बैठकमा सहभागि नेताहरुको विरोध कायमै भएकोले अध्यक्ष प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-