पोखरा ।
आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । सन् १९८९ देखि प्रतेक वर्ष जुलाई ११ मा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
यस वर्षको नारा ८ अर्ब मानवको विश्वः सबैका लागि समुत्थापित भविष्यतर्फ अवसरको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता भन्ने नारा तय गरिएको छ ।
हाल विश्वभरको जनसङ्ख्या ८ अर्बभन्दा धेरै रहेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ । त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या भने २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ ।
केन्द्रिय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।पछिल्लो समय नेपालको परिवर्तित जनसाङ्ख्यिकी बनावटको सही व्यवस्थापन गर्ने विषय भने चुनौतीको रुपमा रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-