पोखरा वडा नम्बर दुई को कार्यलयमा शनिवार नि:शुल्क प्रजनन स्वास्थ्य शिविर हुने भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर दुई, शहरी स्वास्थ्य केन्द्र र नेपाल परिवार नियोजन संघ, कास्की शाखाको संयुक्त आयोजनामा यही श्रावण चौध गते शनिबार नि:शुल्क प्रजनन स्वास्थ्य शिविर हुने भएको हो।
शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण,यौनजन्य संक्रमणको उपचार तथा परामर्श, आङ खस्ने समस्याको उपचार तथा परामर्श, प.नि.सेवा: आई.यु.सि.डि.,ईम्प्लान्ट लगायत अन्य परिवार नियोजन सेवाहरू प्रदान गरिनेछ ।
विहान दश बजेदेखि चार बजे सम्म सन्चालन हुने उक्त शिविरमा आई सेवा लिएर मौकाको फाईदा उठाउनु हुन पनि अनुरोध गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-