२९ श्रावण २०७९
रामप्रसाद पाैडेल
शनिवार साँझ कलचरल रिसाेर्ट सेदी बगरमा विभागीय प्रमुख प्रा. डा निर्मल लामिछानेकाे अध्यक्षतामा अायाेजित अन्तरक्रिया कार्यक्रममा विश्व सास्थ्य संगठन नेपालका केदार मरहत्ताले अात्महत्या राेकथाममा समाजकाे भूमिका अाैल्याउनु भयाे भने अनुसंधान अधिकारी, अपराध अनुसंधान डी.एस.पी सुन्दर तिवारीले अात्महत्याका विभिन्न प्रकृति र कारणहरु प्रस्तुत गर्दै गण्डकी प्रदेशमा अात्महत्याकाे स्थिति र अवस्थाकाे विगयमा जानकारी दिनुभयाे ।
कार्यक्रममा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठले अात्महत्या शिर्षकका समाचार संप्रेषणमा मीडिया अाचार संहिताकाे विषयमा प्रकाश पार्नु भयाे । त्यस्तै काेपिला नेपालकी कार्यकारी निर्देशक श्रीमती बिना सिलवालले परिवारीक कलह समाजिक दृष्टिकाेण र व्यक्तिगत ईच्छाशक्ति अप्राप्तिले व्यक्तिमा पार्ने मानसिक प्रभाव र अात्महत्याकाे संभावना माथि प्रकास पार्नु भयाे । डा रवि तिमिल्सिनाले मनाेराेग उपचार र अात्महत्याकाे राेकथाममा चिकित्सकिय पद्भतिकाे विषयमा प्रकास पार्नु भयाे ।
कार्यक्रममा उपस्थित पत्रकार तथा विषय विज्ञहरु विच मनाेराेग चिकित्सा, अात्महत्या न्यूनिकरण र राेकथामकाे विषयमा अन्तरसंवादसंगै विभिन्न संभावनाहरु माथी वहष गरिएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-