पोखरा ।
सरिता गुरुङ्ग
हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा निति प्रेस मिडिया प्रा.लि.ले वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तिज गीत प्रतियोगिता–२०७९ आयोजना गर्ने भएको छ ।
सो प्रतियोगिता यही भाद्र ११ गते शनिबारका दिन पोखरा–१८, सेदीबजार स्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा हुने आज प्रतियोगिताबारे जानकारी दिने उद्देश्यसहित आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
“कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रबद्धन गरौं” भन्ने मूल नाराका साथ यस प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक नीति प्रेस मिडिया प्रा.लि.का प्रमुख कार्यकारी निर्देशक माधब पोखरेले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ३० हजार, द्धितिय हुनेले नगद रु २० हजार र तृतिय हुनेले नगद रु १० हजारसहित प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् भने सो प्रतियोगितामा करीब ३० समूहको सहभागिता हुने आयोजकले जनाएको छ ।
त्यस्तै यस प्रतियोगिता आयोजना गर्नका लागि ३ लाख ७८ हजार लाग्ने अनुमान गरिएको सो प्रतियोगिताका कार्यक्रम संयोजक गण्ेश लम्साले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-