Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीका प्रहरी प्रवक्ता एंव डिएसपी तिवारीद्धारा साइबर सुरक्षाका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम

प्रमुख खबर प्रमुख खबर
२०७९, ९ भाद्र बिहीबार २३:४७
101
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
सरिता गुरुङ्ग

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा संचारकर्मीका लागि साइबर सुरक्षा विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विहीबार नेपाल पत्रकार महासंघको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले पछिल्लो समय साइबर अपराधका घटनाहरु दिन प्रति दिन बढ्दै गईरहेकाले साइबर अपराधको बारेमा जानकारी दिँदै सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरणहरु सार्वजनिक नगर्न आग्रह गरेका छन् ।

उनले व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्दा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई सघाउ पुग्ने बताउँदै कुनैपनि व्यक्तिले आफ्नो व्यक्तिगत विवरणहरु सार्वजनिक गर्न नहुने बताएका हुन् ।

उनले साइबर अपराध अहिले अलि जटिल विषय बनेको हुनाले आम नागरिकहरु सबै सचेत हुनुपर्ने र सामाजिक सञ्जालको प्रयोग गर्दा अलि होसियार समेत हुनुपर्ने समेत जानकारी गराएका छन् ।

विशेषगरी पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्सएप लगायतका विभिन्न प्रकारका सामाजिक सञ्जालका माध्यमबाट आम नागरिकहरु ठगीमा परेको पनि उनले बताएका छन् ।

डिएसपी तिवारीका अनुसार यस्ता सामाजिक सञ्जालको दुरुप्रयोग गरेर ठगी गर्ने गिरोहहरुले विभिन्न बहाना बनाई सोझा–साझा व्यक्तिहरुलाई तपाईलाई यति तोलाको सुनको लट्री लागेको छ, कहिले तपाईलाई रु २५ लाखको चिठ्ठा परेकोले हामीलाई तपाईको बैंक खाताको डिटेल पठाईदिनुस् भन्दै म्यासेजहरु पठाएर मानिसलाई प्रलोभन देखाई ठगी गर्ने क्रम बढ्दो रुपमा रहेकाले सबै नागरिकहरु अलि चनाखो र सचेत हुन आग्रह गर्दै पत्रकारहरुले पनि यस्तो अपराधको बारेमा आफुहरु पनि सचेत भई आफ्नो कलमको माध्यमबाट नागरिकहरुलाई समेत सचेत गराउनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै उनका अनुसार कास्की जिल्लामा गत आर्थिक वर्ष २०७८÷०७९ मात्रै विभिन्न शिर्षकमा साइबर अपराधमा ३ सय ८९ मुद्धा दर्ता भएको जानकारी दिँदै उक्त मुद्धा अन्र्तगत १ सय ७९ पुरुष र २ सय १० महिलाहरुले उजुरी दिएको सो अभिमखीकरण कार्यक्रमको दौरान जानकारी दिएका छन् ।

उनले यस्ता साइबर अपराध र ठगीका घटनाहरुमा तुलनात्मक रुपमा पुरुष भन्दा महिलाहरुको संख्या धेरै भएको पनि बताएका छन् । डिएसपी तिवारीका अनुसार विशेषगरी २५ देखि ३५ वर्ष उमेर समुहका व्यक्तिहरु बढी मात्रमा ठगीमा पर्ने गरेको जानकारी दिएका छन् ।उनले अपरिचित व्यक्तिसंग अनलाइन तथा इन्टरनेटको माध्यमबाट सम्बन्ध गाँस्दा साइबर बुलिङमा पर्न सक्ने पनि स्पष्ट पारेका छन् ।

उनले यस्ता सामाजिक सञ्जालबाट हुन सक्ने अपराध र ठगीबाट बच्न सरकारी आइ.डि. कार्ड र फोटो शेयर नगर्ने, आफ्नो बैंक खाताको डिटेल शेयर नगर्ने, सामाजिक सञ्जालमा कोही कसैले अति जरुरी पर्यो भन्दैमा सम्बन्धित व्यक्ति नै हो वा होईन भन्ने सुनिश्चित नगरी मोबाइल बैंकिङ्क, इ–सेवा, खल्ती वा अन्य कुनै माध्यमबाट पैसा नपठाउने, डोमेन चेक नगरी लिंक नखोल्ने लगायतकाबारेमा ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् ।

पछिल्लो समय नेपालमा ८४ प्रतिशत नागरिकहरु इन्टनेटको दुनियामा प्रवेश गरेको, २२ प्रतिशत नागरिकहरुले धेरै समय इन्टनेटमा समय बिताउने गरेको र ९० प्रतिशत युवा र वयस्क सामाजिक सञ्जालमा उपलब्ध रहेको समेत उनले बताएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In