Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजबाट शुरु भएको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्र्तगत जुडो खेलको खेलाडी छनौट कार्यक्रम सम्पन्न

प्रमुख खबर प्रमुख खबर
२०७९, १६ भाद्र बिहीबार २२:१३
106
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
सरिता गुरुङ्ग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्र्तगत जुडो खेलको आज खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा रंगशालाभित्र रहेको गण्डकी जुडो संघको आफ्नै जुडो हलमा सो प्रतियोगिता सम्मन्न भएको हो । महिला र पुरुष गरी ६–६ वटा तौल समुहमा खेलाडी छनौट प्रतियोगिता संचालन भएको हो ।

यस प्रदेश छनौट प्रतियोगितामा माइनस ४८ के.जी.मा सौमिया तामाङ्ग, माइनस ५२ के.जी. मा सुष्मा चौधरी, माइनस ५७ के.जी.मा आदिति पौडेल, माइनस ६३ के.जी.मा मनिषा तामाङ्ग, माइनस ७० के.जी.मा निर्जला मल्ल र प्लस ९० के.जी. तौल समुहमा ९० के.जी. का महिला खेलाडीहरुले स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै पुरुषतर्फबाट माइनस ६० के.जी. मा किसान गुरुङ्ग, माइनस ६६ के.जी. मा आशिष तामाङ्ग, माइनस ७३ के.जी. तौल समुहमा सोविन ग्यावक, माइनस ८१ के.जी.मा सुविन कपाली, माइनस ९० के.जी.मा विज्ञान टि खत्री र प्लस १०० के.जी.मा पुष्कल खनालले स्वर्ण जित हासिल गर्न सफल भएका छन् ।

प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्र्तगतका पदक विजेता खेलाडीहरुलाई गण्डकी जुडो संघका अध्यक्ष रुद्र नारायण मल्लले पदक सहित प्रमाण–पत्र समेत वितरण गरेका छन् ।

यस्तै विजयी खेलाडीहरुलाई पदक हस्तान्तरण गर्दै संघका अध्यक्ष मल्लले आश्विन २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने प्रतियोगितामा प्रथम स्थान ओग्ट्न सफल हुने खेलाडीलाई सक्कली सुनको मेडल प्रदान गर्ने जुडो संघका अध्यक्ष मल्ले जानकारी दिएका छन् । खेलाडीहरुलाई संघको तर्फबाट र आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

यस्तै यस प्रतियोगितामा प्रदेश खेलकुद परिषदले तोके बमोजिमको छनौट समितिका सदस्य दिल जैसी, खेल संयोजक संघका कोषाध्यक्ष उमेश चन्द्र देवकोटा, गोर्खाबाट प्रतियोगिताका लागि पोखरा आउनुभएका पूराना खेलाडी एंव गोर्खाका जुडो प्रशिक्षक होम बहादुर थापा र टिम म्यानेजमेन्टको लागि संघका वरिष्ठ उपाध्यक्ष प्रथम छन्त्यालको नेतृत्वमा सो छनौट प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ३ हजार २ सय २३ खेलाडीहरु यतिबेला पोखरामा रहेका छन् । ती मध्य ७ सय ९ जना खेलाडीहरु यस प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटमा पर्न सफल भएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In