पोखरा ।
सरिता गुरुङ्ग
नेपालमा सर्वाधिक बिक्रि हुने मोटरसाईकल ब्राण्ड बजाजले पल्सर एनएस सिरिजका एक्दमै नयाँ मोडल बजारमा ल्याएको छ । विगत दुई दशक देखिनै आफ्नो पृथक डिजाइनका लागि चिर–परिचित बजाजले पल्सर एनएस सिरिज अन्र्तगत पहिलो पटक पल्सर १२५ एनएस बजारमा ल्याएको हो ।
पोखराका लागि आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाईल्स प्रा.लि.ले आज बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी सो ब्राण्डको नयाँ मोडल अर्थात पल्सर १२५ एनएस सिरिजको मोटरसाईकल लन्च गरेको हो । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन कुमार प्रजापतिले उक्त नयाँ बजाज पल्सरलाई लन्च गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष प्रजापतिले पछिल्लो समय दुई पांग्रे सवारी अर्थात बाइक अपरिहार्य र अतिआवश्यक साधन भएको बताएका छन् । उनले इच्छाशक्ति अटोमोबाइलले लन्च गरेको नयाँ मोडलको यस बजाज पल्सर बाइकले धेरैको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै उनले विभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई राज्यले साथ, सहयोग र हौसला प्रदान गर्नुपर्ने बताएका छन् । उनले उद्योगी व्यवसायीहरुले व्यापार मात्रै नगरी विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यहरु समेत गर्दै आएको हुदाँ उनीहरुको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने पनि जनाएका छन् ।
त्यस्तै सो लन्चीङ कार्यक्रममा कम्पनीका म्यानेजर भगवान बिजुक्छेले ग्राहकवर्गमा केही पृथक एंव आनन्ददायी किसिमको बाइक चलाउँने चाहनालाई पूर्ण गर्नको लागि आफुहरुले पल्सर १२५ एनएस बजारमा ल्याएको बताएका छन् । उनले नौलो डिजाइनले सुसज्जित पल्सर १२५ एनएस सिरिजले ग्राहकको मन जित्न सफल हुनेमा आफुहरु विश्वस्त रहेको जनाएका छन् ।
उक्त नयाँ सिरिजको बाइकमा धेरै विशेषताहरु भएको जानकारी समेत दिएका छन् । कम्पनीका म्यानेजर बिजुक्छेका अनुसार एनएस १२५ को मुल्य २ लाख ७९ हजार ९ सय रुपैँया कायम गरेको बताएका छन् । उनले यस बाइक पृथक डिजाइनका साथै उत्कृष्ट पर्फमेन्स एंव आरामदायी हुने समेत स्पष्ट पारेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-