Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेवा सरसफाई महाअभियानको शुभारम्भको दिन २ सय भन्दा बढी ट्रक फोहोर संकलन

प्रमुख खबर प्रमुख खबर
२०७९, २५ आश्विन मंगलवार २१:३३
101
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
सरिता गुरुङ्ग

पोखरा महानगरपालिकाको नेतृत्वमा शुभारम्भ गरिएको फेवा सरसफाई महाअभियान अन्तर्गत आज फेवातालको सफाई गर्ने काम भएको छ । महानगरपालिकाका ३३ वटा वडाका वडाध्यक्षहरुलाई फोकल पर्सनको रुपमा राखेर ३३ वटा पोइन्टहरु तोकी सोही अनुरुप फेवाताल सरसफाई गर्ने कामको थालनी भएको हो ।

यस महाअभियानको शुभारम्भ कार्यक्रममा हजारौंको संख्यामा स्वयंसेवी अभियान्ताहरुको सक्रिय सहभागितामा ड्याम साइडदेखि टंकपुरसम्मको सबै ठाउँलाई कभर गर्ने तवरमा फेवाताल सफाई गर्ने काम भएको हो ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालको सिरदेखि फेदसम्म अवलोकन गर्ने क्रममा लगभग सबै ठाउँमा गरेर ५ हजार बढीको सहभागिता भएको पाईएको जानकारी दिएका छन् ।

मेयर आचार्यका अनुसार सुरुआती चरणमा ३५ ट्रक फोहोर जम्मा हन्छ कि भन्ने सोचेको तर अन्तिमसम्म आइपुग्दा २ सय भन्दा बढी ट्रक फोहोर संकलन भएको बताएका छन् ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बेमौसमी वर्षा अलि बढी नै भएकाले तालमा जलकुम्भी झारहरु धेरै फैलिएको बताउँदै करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार यस फेवाताल सरसफाई महाअभियानको शुभारम्भको क्रममा निकालिएको बताएका छन् ।

प्रमुख आचार्यले यो एउटा सुरुवात मात्र भएको तर आगामी दिनमा यस अभियानलाई फरक ढंगमा निरन्तर रुपमा अगाडी बढाउने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने बताएका छन् ।

यस सरसफाई अभियानमा पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरुको समेत साथ र सहयोग अति जरुरी भएको जनाएका छन् । उनले तालको छेउमा ठूला व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुले ताल संरक्षण तथा सरसफाईमा कम चासो देखाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले फिष्टेल लजको वरपर नै धेरै फोहोर भएको र त्यस क्षेत्रमा अन्य धेरै ठूला–ठूला होटलहरु भएतापनि उनीहरुको सहभागिता नहुनु भनेको एउटा दुःखद एंव चिन्ताको विषय भएको बताएका छन् ।

मेयर आचार्यले जुन–जुन ठाउँमा बाक्लो रुपमा व्यवसायीहरु उपस्थित छन् त्यस ठाउँमा उनीहरु आफैले आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाई गर्ने कार्यमा जुट्न उनीहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

फेवाताल सफाईका लागि ल्याइएको मेसिनमा पटक–पटक खराबी आएका कारण नियमित संचालन गर्न नसकिएको भएपनि हाल भने त्यसलाई मर्मत गरी आजदेखि नै मेसिनको क्षमता अनुसार संचालनमा ल्याइएको पनि जानकारी दिएका छन् ।

आचार्यले महानगरपालिकाले आज शुभारम्भ गरिएको फेवाताल सरसफाई महाअभियानमा सहभागी सम्पूर्ण आमा समूह, क्लब, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु, टोल विकास संस्था, वित्तिय संस्थाहरु, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगि व्यवसायी, पर्यटन सम्वद् संस्थाहरु, सरोकारवालाहरुमा हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

 

 

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In