Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उप–राष्ट्रपति पुनद्धारा नवौं राष्ट्रिय खेलकदको समुद्घाटन

प्रमुख खबर प्रमुख खबर
२०७९, २८ आश्विन शुक्रबार २२:५३
106
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
सरिता गुरुङ्ग

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबारबाट औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुभारम्भ भएको छ । “एकतावद्ध देश, खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा यस प्रतियोगिताको समुद्घाटन भएको हो ।

झण्डै ४ दशकपछि गण्डकी प्रदेशमा आयोजना भएको यस प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको छ । यस प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी भएपनि उहाँलाई कोरोना संक्रमण भएपछि उप–राष्ट्रपति पुनले आज एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

उप–राष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस प्रतियोगिता सम्पूर्ण खेलाडीहरुको लागि महान उत्सव भएको बताउनुभएको छ । उहाँले यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने जनाउनुभएको छ ।

उहाँले यस राष्ट्रिय प्रतियोगितामा सहभागि हुने सम्पूर्ण खेलाडीहरुलाई उच्च मनोबल र आत्माविश्वासका साथ खेलमा सहभागी बन्न आग्रह गर्नुहुँदै सफलताका लागि शुभकामना समेत दिनुभएको छ । उप–राष्ट्रपति पुनले यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतियोगिता समुद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ग, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा यस प्रतियोगितामा सहभागी जनाउने ११ टिमको मार्चपासका साथै ट्रफी टुरका सद्धभावना दूतहरुको मार्चपास, सातै प्रदेश झल्कने नृत्य लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रहरु प्रस्तुत गरिएको थियो ।

कुल ३६ वटा खेल र २ प्रदर्शनी सहित ३८ खेल समावेश गरिएको छ । यस प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडीहरु सहभागि भएका छन् भने करिब १ हजार ३ सय पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

वि.सं २०३८ सालमा राखेपका तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले सुरुवात गरेको यस प्रतियोगिता २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने मौका पोखराले पाएको थियो । र त्यसको ३९ वर्षपछि पून एकपटक यस प्रतियोगिता आयोजना गर्ने मौका पोखरालाई पाएको छ ।

यस प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाहरुमा संचालन भईरहेको छ । ती ८ जिल्लाहरुमा कास्की, तनँहु, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङका रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In