Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका फेन्सी पसलमा महानगरको अनुगमन, दुई पसललाई जरिवाना

प्रमुख खबर प्रमुख खबर
२०७९, ४ कार्तिक शुक्रबार १७:५५
100
SHARES
998
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, कात्तिक ४
पोखरा महानगरपालिकाले फेन्सी पसलमा अनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमा अनुगमन गरिएको हो । अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्व कार्यालय पोखराका ठाकुर सुवेदी, घरेलु कार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतम, पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा र  पत्रकारहरुको सहभागीता रहेको थियो ।

पोखरामा खाद्यान्न, तरकारी, फुलफुल होटल लगायतका क्षेत्रमा अनुगमन भएपनि फेन्सी पसलमा भने पहिलो हो । फेन्सी पसलमा ग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमन गरिएको महानगरपालिका उपोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिनुभयो । अनुगनका क्रममा ब्यवसाय दर्ता विना सञ्चालन भएका, दर्ता भएपनि नविकरण नभएको भेटिएको र खरिद विल नभएको फेला परेको सदस्यसचिव पौडेलले बताउनुभयो । ‘केही पसल महानगर, घरेलु, आन्र्तरीक राजस्व कार्यालयमा दर्ता नभएको पाइयो ।’ अनुगमनका क्रममा पोखरा  ट्रेड मलभित्र सञ्चालित दुई पसललाई जरिवाना समेत गरेको छ । ग्लोजम कुर्था पसल र सुस्मीन एण्ड सुशान्त स्टोर्सलाई पाँच÷पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजमले कपडा खरिद बिल नभएको र विना दर्ता सञ्चालन भएको भेटिएपछि जरिवाना गरिएको महानगरका सहकारी शाखाका ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै सुस्मीन एण्ड सुशान्त स्टोर्सले विल काटदादेखि वीचमा विल छुटाएर काटेको, व्यवसाय नविकरण नगरेको र ग्राहकलाई समेत विल नदिएको पाइएकाले जरिवाना गरिएको सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सलोनी इम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सर्पिङ्ग सेन्टरमा खरिद विल नभएको, ब्यवसाय दर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र विक्री विल सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले बताउनुभयो । यता पोखराको चिप्लेडुंगामा सञ्चालित यूएफओमा खरिद विल नभएको भेटिएकाले जिल्ला प्रशासन कार्यालय कास्की बोलाइएको छ ।

पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले फेन्सी पसलमा अनुगमन गरेको बताउदै भन्नुभयो,‘ब्यवसायीले खरिद विल नलिने र  विक्री विल पनि नदिले गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो ।यो  समस्या समाधान गर्न सरोकारवाला निकायसंग बसेर छलफल गछौँ ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौबाट ल्याउने सामानको विल कम जारी गर्ने र महंगोमा विक्री गरेको पाइएको बताउनुभयो । उहाँले कम विल जारी गर्ने र महंगोमा विक्री गर्ने समस्या सबै ब्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने देखिएको छ । पोखरा महानगरले दशैअघि पोखरामा सञ्चालिन मासु, खाद्यान्न र दशैलाई लक्षित गरे विक्रीका लागि बाहिरि जिल्लाबाट ल्याइएका च्यांग्राको अनुगमन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In