कात्तिक २५, पोखरा ।।
यहि मंसिर ४ गते हुन गई रहेको निर्वाचनमा
नेकपा एमाले क्षेत्र नम्बर २,२ को वडा नम्बर १६ कमिटीले प्रचार प्रसार कार्यक्रमलाई तिब्र अगाडि बढाएको छ । नेकपा एमालेका उम्मेदवारमा प्रदेश सभा सांसद तर्फ मिना गुरूङ र प्रतिनिधि सांसद तर्फ बिध्या भट्टाराई रहेका छन् । भने प्रदेश सभा समानुपातिकमा डा. छममाया पुन रहेकी छन् । अहिलेको परिस्थितिमा जब सम्म एमालेको सरकार हुदैन तब सम्म देश सधै बिकासउन्मुखबाट बन्चित रहनु पर्ने १६ का पाटी अध्यक्ष राजेश गुरुङ बताउनु हुन्छ ।
घरदैलो कार्यक्रम कुरे चौर, अर्मला कोट, कालो मुढा, दिप, सुन्दरफीड, मध्यमपथ र लामाचौेरमा सम्पन्न भएको छ । भने केही ठाउँमा घरदैलो कार्यक्रम जारी रहेको छ । त्यसै गरी वडा नम्बर १६ मा उमेदवार सँगै घर दैलो यही २८ र २९ गते हुने कार्यक्रम भएकोले सबै आमा बुबा दाजु भाई तथा दिदी बहिनी र युवा साथीहरूमा सहभागी भई दिनु हुन घरदैलो कार्यक्रम का संयोजक सुर्य मोहन आचार्यले आव्हान गर्नु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-