पाेखरा ।।
कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई फराकिलो मतान्तरले निर्वाचित भएकी छन् । विहिवार सम्पन्न मतगणनामा भट्टराईले उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलसंग ४,५०३ मतान्तरले निर्वाचित भएकी हुन् ।
भट्टराईले १६,९९८ मत प्राप्त गर्दा कंडेलले १२,४९५ मत प्राप्त गरे । यस्तै गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९,६५९ मत प्राप्त गरेका छन् । कूल मतदाता ७९ हजार १३८ जना रहेको यस क्षेत्रमा ४९,९२० मत खसेको थियो । प्रतिनिधि सभातर्फ १७ जनाले उम्मेदवारी दिएका थिए ।
साे क्षेत्रमा वि सं २०७४ को निर्वाचनमा नेकपा एमालेका स्व.रबिन्द्र अधिकारी निर्वाचित भएका थिए भने अधिकारीको दुर्घटनामा परि मृत्यु भएपछी उप निर्वाचनमा विद्या भट्टराई नेकपा एमाले बाट निर्वाचित भएकी थिईन् ।
प्रतिक्रिया लेख्नुहोस्:-