रामप्रसाद पाैडेल
२५ मङ्सिर-२०७९
लामाचाैर अपाङ्गता स्वावलम्वन समाज पाेखरा, नेपालकाे आठाै साधरण सभा लामाचौर अपाड्गता स्वावलम्बन समाज नेपालले आठौ साधारण सभा तथा चौथो अधिवेशन एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । शहर डहर सामुदायिक भवन लामाचाैरमा सम्पन्न साे कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे प्रमुख अतिथि रहनु भएकाे थियाे भने वडा सदस्यहरु बिकास कुमार आचार्य,दुर्गा देबी बस्नेत,कल्पना सुनार, संस्थाका पुर्ब अध्यक्ष सिता कुमारी काफ्ले तथा भिम प्रसाद पौडेल विशेष अतिथि हुनुहुन्थ्याे ।
कार्यक्रममा बाेल्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अपाङ्गहरुलाई हेर्ने दृष्टिकाेण फेर्नु परेकाे छ,उनीहरुलाई अन्य नागरिक सरहनै, सबल सक्षमताकाे दृष्टिले हेर्नू पर्दछ भन्नुभयाे । साथै उहाँले अपाङ्गहरुलाई राज्यले दिने सेवा सुविधा समयमै उपलब्ध गराउन वडा प्रतिवद्ध रहेकाे बताउनु भयाे । कार्यक्रममा बाेल्दै वडा सदस्य बिकास कुमार आचार्यले अपाङ्ग, अशक्त र जेस्ठ नागरिक हरुको लागि वडा बाट दिईने सेवामा पहिलाे प्राथमिकता दिदै अाएकाे र अपाङ्ग पनि सपाङ्ग झै बाच्न पाऊनु पर्छ,अपाङ्ग र अशक्त जेष्ठ नागरिकहरुको लागि राज्यले दिएको भत्ता बैकमा जान नसक्नेहरुलाई वडाको पहलमा बैक मार्फत घर घरमा लगेर भत्ता दिईने कुराकाे पनि जानकारी गराऊनु भयो । वडा सदस्य अाचार्यले अाज सपाङ्ग रहेकाे व्यक्ति कुनै दुर्घटनामा परेर या स्वास्थ्यगत समस्याका कारण भाेलि गएर अपाङ्ग पनि बन्न सक्छ भन्दै अपाङ्गहरुलाई सहारा दिई उनीहरुकाे मनाेवल बढाउन अनुराेध गर्नुभयाे । शुभकामना मन्तब्य राख्दै वडा सदस्य दुर्गा देबी बस्नेतले अपाङ्गलाई गरिने व्यवाहरले हाम्राे समाजकाे छवि झल्कन्छ भन्नू भयाे । संयाेजक बिकास कुमार आचार्य र सदस्य द्वाेय दुर्गा देबी बस्नेत तथा सिता कुमारी काफ्लेकाे निर्वाचन मण्डलले सर्वसम्मत नया समिति गठन गरेकाे छ। नव गठित समितिमा अघधयक्ष सरिता केसी भट्टराई,उपाध्यक्ष बिण्णु कुमारी आचार्य, महासचिव गौरी आचार्य, सचिव,भवानि प्रसाद गौतम,कोषाध्यक्ष,हरी बहादुर खत्री र सदस्यहरुमा अन्जना केसी,लक्ष्मी पान्डे,रन्जित बस्नेत तथा धनसरी नेपाली रहनु भएकाे छ। सरिता केसीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रम,बिष्णु कुमारी आचार्यले संचालन गर्नु भएकाे थियाे।
प्रतिक्रिया लेख्नुहोस्:-