Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा रंगशालामा स्पेनिस फुटबल क्लब  र गण्डकी–११ टिमबीच मैत्रीपूर्ण खेल हुने

प्रमुख खबर प्रमुख खबर
२०७९, २८ मंसिर बुधबार २३:४२
101
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

संजय थापा
पोखरा,२८ मंसिर ।।

लुम्बिनी गार्डेन फाउन्डेसन र कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । “गौतम बुद्ध जन्मेको हाम्रो देश नेपालबाट शान्तिका लागि फुटबल” भन्ने नाराका साथ यस मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । यस मैत्रीपूर्ण खेलमा पहिलो पटक स्पेनको बि डिभिजनको क्लब मैत्रीपूर्ण फुटबल खेल्नको लागि पोखरा आउने भएको छ । बि डिभिजनको स्पेनिस फुटबल क्लब (काथेरेन्यो फुटबल क्लब ) र नेपालको गण्डकी–११ टिमबीच उक्त मैत्रीपूर्ण खेल हुने भएको छ ।

पोखराको रंगशालामा पौष १३ गते हुने उक्त मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबल फेडेरेशनका उपाध्यक्षल र अन्तराष्ट्रिय स्तरका खेलाडीहरुका साथै विश्व कप खेलेका पूर्व खेलाडीहरु समेत आउने भएका छन् । यस खेललाई स्पेनको एकस्त्रेमादुरा टि.भि.ले प्रत्येक्ष प्रसारण गर्ने भएको छ भने सो टेलिभिजनले पोखराको पर्यटन प्रवद्र्धनका लागि यहाँका विभिन्न स्थानहरुको डकुमेन्ट्री बनाएर स्पेन र युरोपमा पनि प्रस्तुत गर्ने आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

बुद्ध र सगरमाथाको देश भनेर संसार सामु नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य एउटा ठाउँमा भएको र नेपालको फुटबल खेलको विकासका लागि पनि सक्दो सहयोग गर्ने उद्देश्यसहित यस मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्न लागिएको फाउन्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले बताएका छन् । उपाध्यक्ष सुवेदीका अनुसार फाउन्डेशनले स्पेनिस फुटबल फेडेरेशन र नेपालको एन्फाबीच सहकार्यका लागि सम्झदारी पत्र (एमओयु) गराउन पहल गर्ने समेत बताएका छन् । उनले स्पेन र नेपालका फुटबल एकेडेमीहरुबीच दिर्घकालिन सहकार्यका लागि वातावरण तयार गरिरहेको र जसमा गण्डकी प्रदेश पनि यसको प्रायोरिटिमा रहेको जानकारी दिएका छन् ।

त्यस्तै उनका अुनसार यस मैत्रीपूर्ण फुटबल खेल आगामी ४÷५ वर्षसम्म स्पेनको राष्ट्रिय टिमका पूर्व खेलाडीहरुको सहभागितामा आयोजना गर्ने योजना रहेको समेत जनाएका छन् । उपाध्यक्ष सुवेदीले यस मैत्रीपूर्ण फुटबल खेललाई संसारका अन्य देशहरु चाईना, हंङकङ, म्यानमार, थाईल्याण्ड, भियतनाम लगायतका विभिन्न देशहरुमा पनि आयोजना गर्ने योजना समेत फाउन्डेशनको रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In