पोखरा ।। पोखरा १६ को लामाचौरमा बानियाँ ब्रदश प्रिजेन्ट फुटसल टुनामेन्ट सम्पन्न भएको छ । मिरास फुटसलका संचालक हरि बानियाँको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका बडा नम्बर १६ का वडा अध्यक्ष अमृत तिमिल्सिना शर्मा रहनु भएको थियो । खेल आयोजना जितु गुरुङ, ईश्वर बानियाँ र नवीन बानियाँले गर्नु भएको थियो ।
खेलमा २० टिमले सहभागीता जनाएको मा फाईनल खेलमा नवीन एसपी टिम र मुन फुटसल बी टिम पुगेका थिए । सोही बिच मुन फुटसल बी टिमले ५-१ को अन्तरले प्रथम स्थान हात पार्न सफल भयो भने नवीन एसपीले १ गोल गरि दोस्रो स्थान प्राप्त गर्यो । प्रथम हुने टिमले नगद रू ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे त्यसै गरि दोस्रो हुनेले पनि नगद रू ३० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
साथै वेष्ट प्लेर नवीन एसपी टिमका रोसन गुरुङले हात पारे भने हाई गोल स्कोप मुन फुटसलका टुनटुन छन्त्यालले प्राप्त गरे र बेष्ट किपर मुन फुटसल ए का रोसन क्षत्रीले प्राप्त गर्न सफल भए उनिहरूले पनि मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक जितु गुरुङले जानकारी दिनु भयो । भने कार्यक्रम संचालन अस्मिता बानियाँले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-