सरिता गुरूङ सगै संजय थापाको रिपोर्ट ।। पोखरा, पौष ५ ।।
नेपालका दुर्गम पहाडी भेगका करोडौं बासिन्दाहरुको जीवन स्तर अभिवृद्धि, उत्थान र विकासका लागि विकासको प्रमुख पुर्वाधार र सडक सञ्जाल निर्माण गर्ने सरकारको अवधारणा र उद्देश्य अुनसार अगाडी बढाइएको पुष्पलाल मध्यपहाडी राजमार्ग राष्ट्रिय गौरवको आयोजना हो । यसरी राष्ट्रिय गौरवको आयोजना भनि नामाकरण गरिएको पुष्पलाल मध्यपहाडी राजमार्ग पोखरा महानगरपालिका वडा नं.१६ खण्डमा अनुपयुक्त भएको त्यस क्षेत्रका स्थानीयबासीहरुले बताएका छन् । ३५.५ कि.मी.को बन्ने यस राजमार्गबाट लाभान्वित र प्रभावित यस क्षेत्रका बासिन्दाहरुसँग सरोकार नै नगरी टेण्डर आव्हान गरेको हुँदा स्थानीयहरु रुष्ट बनेका छन् । उनीहरुलाई कुनै जानकारी नै नदिई राष्ट्रिय सम्पदा, धार्मिक संस्था र शैक्षिक संस्थामा प्रत्यक्ष असर पर्ने कार्य गर्नुका साथै व्यक्तिका घर तथा जग्गा नै नरहने र सुकुम्बासी बनाउने गरी राजमार्ग बनाउनको लागि टेण्डर आव्हान गरिएकोमा आक्रोस पोखेका छन् । उनीहरुले आफुहरु सदियौं देखि बसोबास गर्दै आएको यस ठाउँबाट छिटो भन्दा छिटो राजमार्ग निर्माणका लागि अगाडी बढाईएको ठेक्का प्रक्रिया र निर्माण कार्यलाई रोक्नुपर्ने बताएका छन् । तत्कालिन जनप्रतिनिधिको गैरजिम्मेवारीका कारणले गर्दा अहिले आफुहरु ठूलो समस्यामा परेको त्यस ठाउँका पीडित पक्षहरुले आरोप लगाएका छन् । डेढवर्ष अघि तत्कालिन वडा अध्यक्ष जिवन प्रसाद आचार्यले २०७८ जेष्ठ ५ गते पोखरा–१६, खण्डमा पर्ने यस आयोजनाका लागि आवश्यक पर्ने अर्मलाकोटदेखि याम्दीसम्मको जग्गामा कुनै विवाद नभएको, मुआब्जा दिन नपर्ने, क्षतिपूर्ति समेत न्यून हुने भनि वडाका सबैको सहमति समेत भएकाले राजमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया बढाउन भनि झुटा र गैर कानुनी व्यहोरा जनाउदै यस राजमार्गका सडक योजना कार्यालय पर्वतमा सिफारिस गरेको आयोजना पीडित संघर्ष समितिले जनाएको छ । पूर्व अध्यक्ष आचार्यले लेखेको पत्र आफुहरुसँग भएको समेत उनीहरुले बताएका छन् ।मादि गाउँपालिकाको भैंसे–ज्याम्दु,–मेलबोट–पानीघाट–अर्मलाकोट–कालीखोला पुल, महेन्द्र गुफा, चमेरा गुफा, अर्मला, बिसौनी, लामाचौर, जौबारी, याम्दी पुलसम्म मध्यपाहाडी राजमार्ग जाने भन्ने कुरा २०७९ भाद्र १४ गते पत्रिकामा टेण्डर आव्हान सम्बन्धी सूचना प्रकाशन भएपछि मात्र आफुहरुले थाहा पाएको सो आयोजना पिडित संघर्ष समितिका सचिव सन्दिप थापाले जानकारी दिएका छन् । अध्ययन नै नगरी र सोधखोज विना नै भौगोलिक अवस्था कमजोर भएको ठाउँमा राजमार्ग बनाउने निर्णय गर्नु उपयुक्त नभएको उनले बताएका छन् । उनले पहाडी भेग हुँदै जानुपर्ने मार्ग महानगरमा र्छिराउनु नै गलत भएको स्पष्ट पारेका छन् । त्यस्तै थापाका अनुसार यस राजमार्ग निर्माणमा सम्बन्धीत सरोकारवालाहरुको भेला नै नबोलाईकन र कुनै जानकारी नदिई फिल्डमा ननापी एउटा कोठामा बसी व्यक्तिका जग्गा माथि नक्साङ्कन गरिएर घना बस्ती भएका ठाउँमा राजमार्ग ल्याईएको र स्थानीयबासीलाई उठिबास लगाउने गरी गरिएको सर्भेलाई सच्याउनुपर्ने बताएका छन् । यस राजमार्ग आयोजनाले काम गर्ने सम्बन्धमा टेण्डर आव्हान गर्नुभन्दा पहिले प्रस्तावको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए )अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा प्रस्तावित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के–कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न महानगरपालिका, गाउँपालिका र यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्तिहरुसँग राय सुझाव नलिइएको उनले जानकारी दिएका छन् । यसरी राजमार्ग निर्माणका लागि इआइए अध्ययन नै पुरा नगरी सार्वजनिक सुनुवाई गर्न खोजिएकोमा समेत थापाले खेद प्रकट गरेका छन् । उनले राजमार्ग बन्नुपर्ने तर स्थानीय बासिन्दालाई सडकमा ल्याउने गरी गरिएको सर्भेलाई भने तत्काल सच्याएर अर्को नयाँ विकल्प खोजी गर्नुपर्ने बताएका छन् । यदि यस राजमार्ग निर्माणका लागि नयाँ विकल्प खोजीएन भने आफुहरु चुप लागेर नबस्ने र यसका लागि पोखरा १६ र १९ का बासीहरु जुनसुकै हदसम्म पनि जान सक्ने भन्दै थापाले आक्रोस पोखेका छन् । यस विषयमा पीडित संघर्ष समितिले प्रधानमन्त्रीको कार्यालय बालुवाटार, अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग, वन तथा वातावरण मन्त्रालय लगायतका सरकारी निकायहरुमा ध्यानकर्षण गराईसकेका छन् । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको सर्भे झण्डै डेढ दशक अघि गरिएको हो । २०७२ सालमा गरिएको डिपिआरमा २६ कि.मी.( विजयपुरदेखि अमलाविसौनी हुँदै याम्दी पुलसम्म )अधिकांश सडक खण्ड जोडिएको रुट थियो । त्यस्तै नयाँ सर्भे अनुसार अहिले यस राजमार्ग ३५.५ कि.मी.को लामो हुनेभएको छ । साथै यस पुष्पलाल मध्यपहाडि राजमार्गकाे भैसे देखि पाेखरा १६ काे अर्मला हुदै कालिखाेला पुल, महेन्द्रगुफा, चमेरिगुफा, अमलाबिसाउनि, लामाचाैरचाेक, सुरथेश्वर शिवालय हुदै याम्दि पुल सम्मकाे कामकाे ठेक्का सम्झाैताकाे लागि २१ दिने सुचना भईसकेकाे भन्ने कुरा आयकाेले पिडितहरुले उठायका कुराहरुलाई बेवास्था गरिएकाे निश्कर्ष निकालि अव बास्तबिकता बताउदै पहिले गरीयका गलत प्रकृयाकाे भण्डाफाेर गर्दै जाने र अबका दिनका आन्दाेलन जारी रहने जानकारी गराउदै सम्पुर्ण पिडित पाेखरा १६ बासि जग्गाधनि, घरधनि, पर्यटन, धार्मिक, शैक्षीक सम्बन्धि संघ संस्था तथा आम चासाे राख्नुहुने संघसंस्था एवं नागरिक समाजलाई उपस्थितिकाे लागि अनुराेध गरियकाे संघर्ष समितिका सचिव संदिप थापालेे जानकारी दिनु भयो । आन्दाेलनका कार्यक्रम निम्न रहेकाे जानकरि प्राप्त भयकाे छ ।
मिति:- २०७९ पुस ६ गते बुधबार
समय:- बिहान ८ बजे
स्थान:- महेन्द्रगुफा चाेकमा जम्मा भई ब्यानर सहित प्रभावित क्षेत्रमा जानकारि गराउने
मिति:- २०७९ पुस ७ गते वडा कार्यालय १६ र पाेखरा महानगरपालीमा आवश्यक प्रमाण सहित ध्यानाक्रशण गर्ने
मिति :- २०७९ पुस ८ गते देखि १३ गते सम्म बिहान ९:३० देखि ११:३० सम्म कार्यालय समयमा पाेखरा महानगरपालिकामा बिराेध ब्यानर सहित घर्ना दिने ।
मिति:- २०७९ पुस १४ गते पत्रकार सम्मेलन गर्ने ।
मिति:- २०७९ पुस १८ गते यस राजमार्गकाे बिराेधमा कानुनी प्रकृयामा जाने ।।
प्रतिक्रिया लेख्नुहोस्:-