पोखरा ।
जागरण माछापुच्छ्रे विकास संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार पोखराको काहँुमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं.१८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिनाको प्रमुख आतित्यथा र संस्थाका अध्यक्ष सुक बहादुर घलेको अध्यक्षतामा उक्त साधारण सभा तथा अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।
आज सम्पन्न भएको दोस्रो अधिवेशनबाट पुनः सुक बहादुर घलेको अध्यक्षतामा १३ जनाको नयाँ कार्य समिति सदस्य पनि गठन भएको छ । जस अन्तरगत वरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्षमा यदुराज रेग्मी, सचिव टंक कुमारी क्षेत्री लिम्बु, सह–सचिव धु्रब प्रसाद अधिकारी र कोषाध्यक्ष धर्मदत्त पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रुद्र प्रसाद भारती, दल बहादुर गुरुङ्ग, मनोज बुद्धचार्य, धन बहादुर गरपुर्जा, सत्य देवी पुन, केशब नेपाल र सिता गिरी सर्वसम्मत रुपमा चयन हुन सफल भएका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले यस संस्थाले आफ्नो स्थापनाको कालदेखि नै समुदायमा विकासका धेरै उदाहरणीय कामहरु गर्दै आएको बताउँदै यस संस्थाको लागि अति आवश्यक रहेको सामुदायिक भवन निर्माण गर्न वडाबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।
उनले जग्गा मात्र नभएर भवन निर्माणमा बजेट समेत व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्रमुख अतिथि तिमिल्सिनाले समग्र वडा नं.१८ को विकासका निम्ति आफु यस वडाको वडाध्यक्ष भएको नाताले यस ठाउँको विकासका लागि सदैव वडाबासीहरुसँग सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने पनि जानकारी दिएका छन् ।
त्यस्तै आज भएको यस कार्यक्रमको अवसरमा संस्थालाई विभिन्न तवरले सहयोग गर्ने १० जना व्यक्तित्वहरु गणेश गिरी, शन्त कुमारी गुरुङ्ग, रुद्र भारती, तिर्सना पुन, विना माया तामाङ्ग, जिवन गुरुङ्ग, धर्मदत्त पौडेल, अमित न्यौपाने, मनोज बुद्धचार्य र समाज सेवी दल बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-