Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रमुख खबर प्रमुख खबर
२०७९, ९ पुष शनिबार २२:५५
99
SHARES
994
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।
पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिए ।

‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’, उनले भने । विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको भनाई उनको छ । प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उनले गराएका छन् । कतिपय सामाजिक संस्थाहरु काम भन्दा पनि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै पूर्वाधार सँगै सोचमा समेत परिवर्तन राखी अगाडि बढ्न उनको सुझाव छ । प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताइन् । उनले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकताको रहेको उल्लेख गरिन् ।

‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छ । पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ । भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ ।’, उनले भनिन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको  संरचनाको विषयमा नसोचेको भए अहिलेको पोखरा नहुने बताए । उनले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिए । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि प्रस्तुती राम्रो नहुँदा पोखरा पछाडी पर्नुपरेको भनाई उनको छ । जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उनले बताए ।

पर्यटनविद कर्ण शाक्यले सहरको विकास पूर्वाधारले मात्र नहुने र सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंकित गरे । पोखराको प्राकृतिक अवस्थाको बरण गर्दै शाक्यले हाम्रो  सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उनको थियो । रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताए । उनले क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पूर्व अध्यक्ष सुभाष सिग्देलले राखेका थिए । कार्यक्रममा सहभागीले पोखराको समग्र विकासका लागि प्रश्न एवम् सुझाव प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In