Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मंगलबार पोखरामा आयोजना हुने “नेपथ्य लाइभ कन्सर्ट” को सम्पूर्ण तयारी पुरा

प्रमुख खबर प्रमुख खबर
२०७९, ११ पुष सोमबार २३:०८
101
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

सरिता गुरुङ्ग
पोखरा ।

मानवता प्रवद्र्धनका साथै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनार्थको लागि पोखरामा आयोजना हुने “नेपथ्य लाइभ कन्सर्ट” को सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखरा स्थित प्रर्दशनी केन्द्रमा मंगलबार अपराहन ४ बजेबाट शुरु हुने यस कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

“मानवताका लागि संगीत” भन्ने नाराका साथ उक्त लाइभ कन्सर्ट पोखरामा आयोजना हुन लागेको हो । पोखरा–२५ हेमजामा बन्दै गरेको आश्रमको तीन तले भवन निर्माणका लागि आर्थिक अभाव भएसँगै उक्त सांगीतिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

यस कन्र्सटसमा नेपालकै निकै चर्चित र गीतसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपथ्य ब्याण्डका भोकलिष्ट अमृत गुरुङ्गसहितको टोलीले पोखरालाई संगीतमय बनाउने भएका छन् ।

वि.सं.१९९१ मा पहिलोपटक नेपथ्य एल्बमसहित शुरुवात भएको यस ब्याण्डले नेपाली गीतसंगीतको क्षेत्रमा उत्कृष्ट गीतहरु दर्शकमाझ पस्कीसकेका छन् । ३ जना सदस्यसहित शुरुवात भएको यस ब्याण्डमा अहिले ६ सदस्यहरु रहेका छन् ।

आफ्ना उत्कृष्ट गीतसंगीत र प्रस्तुतीका कारण यस ब्याण्डले विगतदेखि वर्तमानसम्म पनि दर्शकहरुको मन जित्न सफल भएको छ । पोखराबाटै उदाएको नेपथ्य नेपाल र विश्वभर छरिएका रहेका सबै नेपालीहरुमाझँ लोकप्रिय लोक रक सांगीतिक ब्याण्ड हो । नेपालका धेरै ठाउँहरुमा उत्कृष्ट प्रस्तुतीहरु दिइसकेको यस ब्याण्ड नेपथ्यको आफ्नै गृह मैदान पोखरामा भने यो नवौं प्रस्तुती हो ।

विशेषगरी पोखरा स्थित मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ यस कार्यक्रम हुन लागेको हो । कुल १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको यस भवनको बाँकी काम पुरा गर्न आर्थिक अभाव भएसँगै आर्थिक संकलन अभियान अन्र्तगत कन्सर्ट गर्न लागिएको हो ।

हालसम्म आश्रमले ५ करोड रुपैँयासम्मको भवन निर्माणकोे काम सम्पन्न गरिसेकेको छ । भाडाको घरमा शुरुवात भएको सेवालाई प्रभावकारी र दिगो बनाउन बायिबतरामा लक्ष्मी नारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त भएसँगै आश्रमले आफ्नै भवन निर्माण कार्य शुरु गरेको हो ।

आश्रमले आगामी माघ २० गतेबाट श्रीमद् भागवत ज्ञान महायज्ञ समेत आयोजना गरेर आर्थिक संकलन गर्ने योजना बनाएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी जानकारी दिएका छन् ।

मानवीयताको राष्ट्र नेपालको अवधारणालाई व्यवहारीक रुपमा कार्यान्वयन गराउन आवश्यक कार्य गर्ने र गराउने दीर्घकालिन योजना सहित अगाडी बढेको यस आश्रमले वेसहारा, अशक्त, अभिभावकबिहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको व्यवस्थापन, पालन–पोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानलाई सक्रिय रुपमा अगाडी बढाईरहेको छ ।

हेटौंडामा मुख्य कार्यालय रहेको यस आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हालसम्म देशैभर गरेर झण्डै १ हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । वि.सं.२०८२ सम्ममा नेपालका सडकपेटीलाई सडक आश्रित मानवरहित बनाउने योजनाका साथ यस आश्रम अघि बढि रहेको छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In