रामप्रसाद पाैडेल ।।
पोखरा सडक महाेत्सवमा यस पटक न्यूराे आर्ट प्रदर्शनी राखिएकाे छ । बुधवार साँझ बारही चाैतारी परिसर लेकसाइडमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पर्यटन,उध्याेग, वाणिज्य तथा आपूर्ति मंत्री मणिभद्र शर्माले प्रदर्शनीकाे समुदघाटन गर्नु भयाे । कार्यक्रममा बाेल्दै मंत्री शर्माले न्यूराे आर्ट जीवन र जगतलाई बुझ्ने एउटा कला हाे । यस कलाले व्यक्तिमा सकारात्मक साेचकाे विकास गर्दछ भन्नुभयाे । कला साधनाले मान्छेकाे व्यक्तित्व निखार संगै सामाजिक सभ्यतालाई झल्काउदछ भन्दै मंत्रिले आजकाे व्यस्त समाजमा न्युराे अार्टले मान्छेलाई क्रियाशील राख्न ठुलाे मद्दत पु-याउने कुरा जनाउनुभयाे।
समुदघाटन कार्यक्रममा विशेष अतिथि रहनु भएकाे दुर्गा बराल वात्सयानले न्यूराे आर्टले छाेटाे समयमै मान्छेमा अभिरुचि बढाएकाे देखिन्छ र हिजाे आज दिग्गज कलाकारहरु पनि न्युराे आर्ट प्रति आकर्षित भएकाछन् भन्नू भयाे । कार्यक्रममा बाेल्दै न्युराे आर्ट नेपालका प्रवर्तक वरिष्ठ कलाकार हरेराम जाेजीले न्युराे आर्ट अति सहज, सरस र सृजनशील आर्ट भएकाेले इच्छुक जाे काेहिले पनि याे आर्ट अपनाई आफूलाई शारिरिक एवं मानसिक रुपमा क्रियाशील राख्न सकिन्छ भन्नुभयाे ।
कार्यक्रममा बाेल्दै वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले न्युराे आर्ट थेरापीकाे विषयमा प्रकाश पार्नुभयाे। वरिष्ठ मनाेराेग विशेषज्ञ प्रा डा लामिछानेले न्युराे आर्ट स्वास्थ्य क्षेत्रमा अनुकरणी आर्ट हाे भन्दै यसले मान्छेमा चलायमान रहने शक्ति, क्षमता र उर्जा प्रदान गर्दछ भन्नुभयाे । न्युराे आर्ट नेपालका संयाेजक हरेराम जाेजीज्यूकाे अध्यक्षतामा आयाेजित साे समुदघाटन कार्यक्रममा पाेखरा क्षेत्रका कलाकार तथा जनसमुदायकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । प्रदर्शनीले आन्तरिक तथा वाह्य पर्यटनहरुलाई आकर्षित गरेकाे देखियाे र कतिपय विदेशी पर्यटकहरुले आफुलाई पनि न्युराे आर्ट सिक्न मन लागेकाे कुरा राखेका छन् ।
बिजी अस्पताल पाेखराकाे प्रायाेजन, डानीकाे सहप्रायाेजन र न्युराे आर्ट नेपालकाे संयाेजकत्वमा आयाेजित साे प्रदर्शनीमा पाेखराका एक दर्जन भन्दा बढी कलाकार द्वारा चित्रित ६० भन्दा बढी चित्रहरु राखिएकाे छ । सडक महाेत्सवभरि चल्ने पाँच दिवसीय प्रदर्शनीमा प्रदर्शनीकाे दाेस्राे दिन पाैष १४ गते साँझ ६ बजे चित्रहरु अक्शन गरिने छ । प्रदर्शनीमा आर्ट अक्शन लगत्तै NRS इन्टरटियनमेन्टकाे प्रस्तुतिमा वी जी अस्पतालकाे प्राेडक्शन र प्रा डा निर्मल लामिछानेकाे आफ्नै स्वर रहेकाे ” अाफ्नाे अनुहार न हेरि ऐनामा” गीतकाे म्युजिक भिडियाे पनि लाेकार्पण गरिने कार्यक्रम रहेकाे थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-