रामप्रसाद पाैडेल पोखरा ।।
भारतकाे पूर्वाेत्तर राज्य मिजाैराममा स्थानीय पुलिस विभागका वरिष्ठ अधिकारी नारायण थापालाई स्पाेर्ट एक्सिलेन्स अवार्डले सम्मानित गरिएकाे छ।
विगत १ दशकदेखि राज्य स्तरीय तथा राष्ट्रिय स्तरका विभिन्न एअर राईफल सुटर प्रतियाेगिताहरुमा स्वर्ण पदक जित्दै अाउनुभएकाे थापालाई मिजाैरामका स्थाई नेपालीभाषीहरुकाे छाता संगठन ” मिजाैराम गाेर्खा युवा संघ” ले अाईतबार अाईजाेलमा अायाेजि संघकाे ४५ अाैं वार्षिक अधिवेशनका बिच सम्मान गरेकाे हाे। संघका सभापति अनुप क्षेत्रीले प्रसस्ती पत्र सहित सम्मान गर्नु भयाे।
स्वर्ण पदक विजेता नारायण थापालाई यसभन्दा अघि राज्य सरकार तथा एक दर्जन भन्दा बढी स्थानीय मिजाै संघ संस्थाहरुले नगद पुरस्कार सहित सम्मान गरिसकेका छन् । एकजना नेपाली भाषीले यसरी पटक पटक स्वर्ण पदक प्राप्त गरेर मिजाैरामका गाेर्खाहरुकाे इज्जत बढाउनुकाे साथै भारतमा मिजाैराम राज्यकाे नाउँ राेशन गरेकाृ कुरा स्थानीयहरु बताउछन् ।
से. नि. पुलिस अधिकारी नारायण थापाले सन् २०१९ मा गुवाहटी असममा अायाेजित पूर्वाेत्तरब्यापी १० मिटर एअर पिस्ताेल सुटिङमा स्वर्ण पदक, सन् २०२१ मा ५० मिटर फ्रि पिस्ताेल प्रतियाेगितामा स्वर्ण पदक र २०२२ मा पनि १० मिटर एअर पिस्ताेलमा स्वर्ण पदक ,५० मिटर पिस्ताेलमा स्वर्ण पदक र २५ मिटर स्टान्डर्ड पिस्ताेलमा पनि स्वर्ण पदक नै प्राप्त गर्नु भएकाे थियाे । त्यस्तै पुलिस अधिकारी थापाले राज्य स्तरका विभिन्न सुटिङ् प्रतियाेगिताहरुमा स्वर्ण पदक पाउदै अाउनु भएकाे छ ।