काठ्माण्डौं ।
यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । आउँदो महिना यूएईमा हुने यस प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ क्यानले ४ बैकल्पिकसहित १८ जना खेलाडीहरु छनोट गरेको छ ।
उक्त प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुमा आकाश त्रिपाठी, हेमन्त धामी, दुर्गेश गुप्ता, दिपक बोहोरा, अर्जुन कुमाल, गुल्सन झा, देव खनाल, दिपक डुम्म्रे, उत्तम थापा मगर, सुवास भण्डारी, बिशाल के.सी., मिलन बोहोरा र दिपेश कँडेल रहेका छन् । त्यस्तै बैकल्पिक ४ खेलाडीको सूचीमा प्रज्वल थापा, तुल बहादुर, निर्मल थापा र राजेश यादव परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-