काठमाण्डौं ।
उप–प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” समक्ष राजीनामा बुझाएका छन् ।आज सर्वोच्च अदालतले उनको विपक्षमा फैसला सुनाए लगतै लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिएका छन् ।
लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताउँदै आफुसँग अहिले कुनैपनि प्रश्नको जवाफ नभएको समेत बताएका छन् ।
उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा पौष ११ गते उप–प्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । अमेरिकी नागरिकता त्योपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-