पोखरा, माघ १५
राष्ट्र राष्ट्रियता सहित जातीय सद्भावका लागि गठित विभिन्न क्षत्रि समाजहरुबीच बृहत एकता अभियान सुरु भएको छ । पोखरामा केन्द्रिय कार्यालय भई स्थापित क्षत्रि समाज नेपाल र काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको संयुक्त खस क्षत्री नेपालद्वारा गठित एकता कार्यदल समितिको संयुक्त बैठक पोखरामा भएको कार्यदलका सदस्य एवं केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
समितिले संयुक्त रुपमा क्षत्री एकता, दुवै समाजको साङ्गठनिक गतिविधि सहित आम क्षत्रीको भावनालाई उच्च प्राथमिकतामा राखी एउटै समाजको उद्देश्यमा समेटी समाजभित्र रहेको चल अचल सम्पत्तिलाई सम्बन्धित जिल्लाको पूर्ण स्वामित्व रहने गरी कार्ययोजना बनाइने समाजका महासचिव केश बहादुर के.सी.ले बताए । एकता मार्फत देशव्यापी क्षत्रीको आवाज वर्गीय आरक्षणको स्थापित गर्दै जातीय आरक्षणको खारेजी माग गर्दै समुदायको विकासमा कृयाशिल हुने योजना रहेको संयुक्त खस क्षत्री नेपालका कार्यवहाक अध्यक्ष मधुकर थापाले बताए ।
देशभर छरिएका अन्य समाजहरुलाई समेत एकतामा आउन आह्वान सहित समाजको निर्णयानुसार विधान मस्यौदा समाजको नाम, जिम्मेवारी बाँडफाँडलाई एकता महाधिवेशन मार्फत टुङ्ग्याउने निर्णय भएको छ ।
एकता कार्यदल समतिका संयोजक एवं समाजका पूर्वअध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा संयुक्त क्षत्रीका सहअध्यक्ष अर्जुन बहादुर अधिकारी, महासचिव राम बहादुर पाण्डे, समाजका महासचिव केश बहादुर के.सि., उपाध्यक्ष कृष्ण बहादुर थापा लगायतले एकताको भूमिका महत्वपूर्ण रहेको बताए । एकताको लागि दुवै समजका केन्द्रिय समितिद्वारा एकता कार्यदल गठन भई विभिन्न बैठक गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-