पोखरा ।
मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा सडक खण्ड स्तरोन्नतिका लागि दैनिक ८ घन्टा बन्द हुने भएको छ । उक्त सडक खण्ड दैनिक विहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म र राति ९ बजेदेखि विहान १ बजेसम्मका सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइने भएको छ ।
रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा संचालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरा–बागलुङ राजमार्ग अन्र्तगत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडक खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरिएको थियो ।
जौवारीबाट ५० मिटर अगाडी हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको यस मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायण दत्त भण्डारीले बताएका छन् ।
उक्त सडक खण्डमा चल्ने सवारी साधनलाई केही समयका लागि वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । यस सडक खण्डमा दैनिक हजारौंको संख्यामा यातायातका साधनहरु ऋावतजावत गर्ने गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-