काठ्माण्डौं ।
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप आजबाट बाङ्गलादेशको ढाकामा शुरु हुने भएको छ । बङ्गलादेशमा आजबाट शुरु हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र आयोजक बङ्गलादेश गरी चार टोली सहभागी रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली बङ्गलादेशसँग खेल्ने भएको छ । यो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे ढाकास्थित बीएसएसएस मोस्ताफा कमल खेल मैदानमा हुनेछ । नेपाली टोली प्रीति राईको कप्तानीमा मैदानमा उत्रदैछ ।
त्यस्तै नेपालले दोस्रो खेल आइतबार भुटानसँग र तेस्रो खेल मंगलबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । आजदेखि शुरु हुने यस प्रतियोगिता भने २६ गतेसम्म चल्नेछ । यसअघि १८ र १९ वर्षमुनिका फम्र्याटमा हुँदै आएको यस च्याम्पियनशिप यस पटक भने २० वर्षमुनिको फम्र्याटमा हुन लागेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-