काठमाण्डौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् ।
बिहीबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए ।
आजको बैठकमा नेताहरूले गृहमन्त्री चयन, राष्ट्रपति निर्वाचन र पार्टीको जिम्मेवारी हेरफेर लगायत विषयमा धारणा राख्ने एक नेताले बताए ।उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-