काठ्माण्डौं ।
टर्की र सिरियामा गएको भूकम्पका कारण करिब ३ सय जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार सोमबार (आज) र्टीकीमा गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण त्यहाँ ७६ जनाको मृत्यु भएको र ४ सय ४० जना घाइते भएका छन् ।
त्यस्तै उक्त भूकम्पका कारण सिरियामा पनि २ सय ३० जनाको मृत्यु भएको छ । आज गएको भूकम्पको धक्का अन्य देशहरु जस्तै साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महशुस गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-