पोखरा ।
हेमजा बाबियातरस्थित मानव सेवा आश्रमको निर्माणधीन भवनको पूर्णताका लागि भई रहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा बुधबार (आज) पोखरा महानगरपालिका मेयर धनराज आचार्यले आश्रमको दोस्रो तला निर्माणमा लाग्ने १ करोड ७१ लाख रुपैँया महानगरले बेहोर्ने बताएका छन् ।
यस्तै उक्त महायज्ञमा आज एकैदिन ५२ लाख १ हजार रुपैँया नगदसहित २ करोड ८५ लाख बराबरको सहयोग जुटेको छ । आठ दिनसम्म जारी रहने यस महायज्ञको आज छैटौं दिनसम्म आइपुग्दा साँढे ४ करोड रुपैँया भन्दा बढी रकम संकलन भएको आश्रमका गण्डकी प्रदेशका अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिएका छन् । यस महायज्ञमा भक्तजनहरुको सहभागी पनि बाक्लो रुपमा रहेको अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-