काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीबीच शुक्रबार (आज) शिष्टाचार भेटवार्ता भएको छ । बंगलादेशका राजदूत त नोमानले प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय गएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-