दाङ ।
लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्ण केसीले राजीनामा दिएकी छन् । पौष २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि आफुले राजीनामा दिएको बताएकी छन् ।
यता, मुख्यमन्त्री सचिवालयका अनुसार केसीको असन्तुष्टि सरकारसँग भन्दा पनि पार्टीभित्र भएको कारण नै राजीनामाको कुरा आएको तर अझै मुख्यमन्त्रीसमक्ष भने उनको राजीनामा पत्र नआएको जनाएको छ ।
त्यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समेत केसीको राजीनामाको बारेमा आफु अनविज्ञ रहेको जानकारी दिएका छन् । लुम्बिनी प्रदेशमा भोलि आइतबार मन्त्रिपरिषद् विस्तार हुँदैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-