पोखरा ।
पोखराको अत्यन्त व्यस्त ठाउँ महेन्द्रपुलमा बा १३ च २६६२ नम्बरको पजेरोको ठक्करबाट २ जना पैदलयात्री घाइते भएका छन् । आइतबार दिउँसो १ः३० बजेको समयमा सो पजेरोले पैदल हिडिरहेका म्याग्दी, धौलागिरी ३ बस्ने ५२ वर्षीय फुल माया वि.क. र उनको १८ वर्षीय छोरा विष्णु वि.क.लाई ठक्कर दिएको हो ।
पार्किङबाट निकाल्ने क्रममा पैदलयात्री आमा–छोरालाई उक्त गाडीले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो गाडीको ठक्करबाट घाइते भएका आमा–छोराको अहिले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।
अनियन्त्रीत उक्त सवारी पुलको बारमा ठोकिएको छ । उक्त स्थानमा रहेको पुलको बारले सो गाडी नदीमा खस्नबाट बचेको छ । सवारी चालक तनहुँ, शुक्लागण्डकी–५ बस्ने डा.चन्द्र बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै अनियन्त्रीत भई पुलमा ठोकिएको सो गाडीलाई भने क्रेनको सहायताले उचालेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा लगिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-