काठ्माण्डौं ।
विगतमा गरेका सहमतिहरु पालना नगरेको भन्दै र ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध सडकमा उग्र रुपमा प्रदर्शन गरेका आन्दोलित यातायात मजदुरहरुलाई सरकारले वार्तामा बोलाएको छ ।
सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले काठ्माण्डौं स्थित बालाजुु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ताका लागी आव्हान गरेको हो ।
कुनैपनि समस्याहरुको समाधानको माध्यम भनेको नै वार्ता भएकोले आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आव्हान गरिएको स्रोतले जनाएको छ ।
आज यातायात क्षेत्रका मजदुरहरुले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै गाडी तेस्र्याएर प्रदर्शन गरेका थिए । शुरुमा ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै विरोध भएको र यातायात व्यवसायीसँग भएको वार्तापछि पनि मजदुरले आन्दोलन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । मजदुरहरुको प्रदर्शनका कारण आज दिनभर बालाजुको गोङ्गबु रनयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-